• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

कृषि विकास बैंक लि.द्धारा भूकम्प पीडितहरुका लागि रु. ५० लाख सहयोग

प्रकाशित मिति

२०८० कार्तिक २५ गते, शनिबार ०३:०९

कात्तिक २५, २०८० काठमाडौँ : जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ । राष्ट्रिय विपदको यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप कृषि विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,००,००० (अक्षरुपी पचास लाख मात्र) को चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल लाई हस्तान्तरण गरी कृषि विकास बैंक लि.मा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरेको छ ।

National Life

उक्त चेक कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भयो । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।


कृषि विकास बैंक लि.ले भूकम्पबाट प्रभावित र पीडित लाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू ले धन्यवाद ज्ञापन गर्नु भयो । कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया