• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

सिटीएक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई रु २५ लाख सहयोग गर्ने

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०३:३९

कात्तिक २०, २०८० काठमाडाैं : सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु २५ लाख सहयोगको घोषणा गरेको छ ।

National Life

भूकम्पको भयाबह अवस्थाबाट गुज्रि रहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुन स्र्थापनामा सहयोग पुगोस भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमाउक्त रकम प्रदान गरिने भएको हो।


शुक्रवार रातिकर्णालीप्रदेशको जाजरकोट जिल्लामाकेन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षतिभएको छ। सिटी एक्सप्रेसले प्रकोपबाट ज्यानगुमाएका परिवार प्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वास्थलाभको लागि कामना गरेकाे छ।

Classic Tech Mobile
Classic Tech Desktop

सिटी एक्सप्रेसमनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसमनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रतिकृया