• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

कामना सेवाको वार्षिकोत्सवमा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार १२:३८

कात्तिक २०, २०८० काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।

National Life

बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह विष्टले बताउनुभयो । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रिय प्रमुख खिमलाल भुषाल लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


त्यस्तै गरि बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । स्याङ्गजा जिल्ला, वालिङ क्षेत्रका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु प्रसाद गौतमले उक्त बोर्डहरु ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वुटवल हिलपार्क स्थित कामना सेवा पार्कमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । उक्त सरसफाई कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्रतिकृया