• १० असोज २०८३, शनिबार
  • ८ः४८ बिहान

टी-२० विश्वकप छनोटको उपाधि भिडन्तमा ओमानसँग नेपाल सुपर ओभरमा पराजित

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार ०२:५३

कात्तिक १९, २०८० काठमाडाैं : टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको । सन्दीपको उत्कृष्ट बलिङसँगै निर्धारित २० ओभरको खेल सुपर ओभरमा पुगे पनि नेपाल जित निकाल्न असफल भएको छ। टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको रोमाञ्चक फाइनलमा नेपालल सुपर ओभरमामा पराजित भयो।

National Life

सुपरओभरमा पहिले ब्याटिङ गर्दै ओमानले २२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १० रन मात्र बनाउन सफल भएको थियो। अभिनाश बोहराको बलिङमा ब्याटिङका लागि आएका नसिम खुसीले सर्वाधिक ३ छक्का प्रहार गरेका थिए।


जवाफमा बिलाल खानको बलिङमा नेपालका कुशल भर्तेल र गुल्सन झा ब्याटिङका लागि आएका थिए। जहाँ कुशल पहिलो बलमा क्याचआउट भए। तर क्रिजमा रहेका कुशल मल्ल र गुल्सन झाले लक्ष्य पूरा गर्न असफल भए।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअघि अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा सन्दीप लामिछानेले २ विकेट लिँदै ७ रनमात्र दिएपछि खेल सुपर ओभरमा धकेलिएको छ। त्यसअघि नेपालले पहिले ब्याटिङ गर्दै जितक लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो।जवाफमा ओमानले अन्तिम बलमा ९ विकेट गुमाएर १ सय ८४ रननै बनाएपछि खेल रोमाञ्चक रुपमा सुपर ओभरमा धकेलिएको हो।


त्यसअघि ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाएका थिए। त्यस्तै, अकिब इलियसले ३३ रन बनाउँदा कप्तान जेसद मक्सुदले २६ रन बनाएका थिए। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी र अभिनास बोहराले १–१ विकेट लिएका थिए।


त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ तथा गुल्सन झाले ५४ रनको अर्धशतकीय इनिङ खेल्दै नेपालको उच्च स्कोर तयार गरेका थिए।


दुबै टिम यसअघि नै वेस्टइन्डिज र अमेरिकामा आगामी वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्।

प्रतिकृया