वरिष्ठ काटुनिष्ट वात्स्यान र लेखक समालोचक सुवेदी सम्मानित
प्रकाशित मिति
२०८० कार्तिक १२ गते, आईतवार ११:२९
कात्तिक १२, २०८० काठमाडौँ : खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने वि.सं.२०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) राजधानीमा एक समारोहबिच हस्तान्तरण गरिएको छ ।
मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक-सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।
शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस बर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको छ । शर्माको नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन योगदान रहेको छ ।
यस वर्षको ‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गरिएको छ ।
उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिँदै आएका छन् । पोखरा स्थायी घर भएका वात्स्यानले नेपाली चित्रकला क्षेत्रमा समेत विशिष्ट योगदान पुर्याएका छन् ।
प्रतिकृया