• ९ असोज २०८३, शुक्रबार
  • १०ः५१ राती

विश्वकपमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै

प्रकाशित मिति

२०८० कार्तिक ३ गते, शुक्रबार ११:५४

कात्तिक ३, २०८०, एजेन्सी : विश्वकप २०२३ मा आज शुक्रबार पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा दिउँसो सवा २ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

National Life

यदि अष्ट्रेलियाले आज जित्यो भने विश्वकपमा उसको पाकिस्तानविरुद्धको लगातार तेस्रो जित हुनेछ । यसअघि सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले ६ विकेटले र २०१९ मा ४१ रनले पाकिस्तानलाई पराजित गरेको थियो । यो विश्वकपमा दुवै टोलीको चौथो खेल हुनेछ । अष्ट्रेलियाले पहिलो तीन खेलमा दुई हार र एकमा जित निकालेको छ । पाकिस्तानले दुई खेलमा जित र एकमा हार बेहोरेको छ ।


अस्ट्रेलिया भारतसँग ६ विकेटले र दक्षिण अफ्रिका १३४ रनले पराजित भएको थियो । जहाँ श्रीलंकाविरुद्धको खेल भने ५ विकेटले जितेको थियो । अर्कोतर्फ पाकिस्तानले नेदरल्याण्ड्स र श्रीलंकालाई हराए पनि भारतसँग ७ विकेटले पराजित भएको थियो । अष्ट्रेलिया र पाकिस्तानबीच कुल १०७ ओडीआई खेलिएको छ । अष्ट्रेलियाले ६९ पटक र पाकिस्तानले ३४ पटक जितेको छ । तीन खेलको नतिजा आउन सकेन भने एक खेल बराबरीमा परेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एकदिवसीय विश्वकपको कुरा गर्ने हो भने यी दुईबीच हालसम्म १० खेल भइसकेका छन् । अस्ट्रेलियाले ६ र पाकिस्तानले ४ जित हात पारेको छ । एम चिन्नास्वामी स्टेडियमको पिच सामान्यतया ब्याटिङका ​​लागि अनुकूल मानिन्छ । यस मैदानमा हालसम्म २६ ओडिआई खेल भएका छन् । पहिले ब्याटिङ गर्ने टोलीले ११ खेल जितेको थियो भने लक्ष्य पछ्याउने टोलीले १२ खेल जितेको थियो । २ खेल अनिर्णित र १ बराबरी भएको थियो । पहिलो इनिङ्सको औसत स्कोर २६० रन रहेको छ ।

प्रतिकृया