• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

चीनमा दुर्घटनाग्रस्त पुराना जहाजबाट ५८० वटा अवशेष फेला

प्रकाशित मिति

२०८० कार्तिक ३ गते, शुक्रबार ११:४२

कात्तिक ३, २०८०, काठमाडौं: चीनको नेसनल कल्चरल हेरिटेज एडमिनिस्ट्रेसनले बिहीबार दक्षिण चीन सागरमा दुई वटा दुर्घटनाग्रस्त पुरातन जहाजबाट ५८० भन्दा बढी अवेशष फेला पारेको छ ।

National Life

पुराना जहाजको भग्नावशेष खोज्ने क्रममा अवशेष फेला परेका हुन् । समुन्द्रमा दुर्घटना भएका पुराना जहाजबाट चिनियाँ भाँडाकुँडा, काठ लगायतका अवेशषहरू फेला परेका हुन् ।

यसले चिनियाँ पुर्खाहरूको व्यवसायलाई प्रस्ट्याएको अनुसन्धानकर्ताहरूको बताएका छन् । दक्षिण चीन सागरमा व्यापार गरेको प्रमाण भएको चीनले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मिङ राजवंश (१३६८–१६४४) का दुई जहाज दुर्घटना भएको थियो । करिब १५ सय मिटर तल यो अवेशषहरू फेला परेका हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिकृया