• ९ असोज २०८३, शुक्रबार
  • १०ः१० राती

यू–१९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार ०१:०३

असोज २८, २०८० काठमाडौँ: जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । यससँगै लगातार दोस्रो जित हात पारेको नेपाल सेमिफाईनल नजिक पुगेको छ । बराईनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । नेपालको लागि देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

National Life

यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो। बहराइनलाई ७७ रनमा स्तब्ध पार्न नेपालका स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए । दीपेशले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै, तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिएका थिए ।


बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाएका थिए । हाकिमबाहेक बहराइनका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाएका थिएनन् । बहराइनका चार खेलाडि शुन्य रनमा आउट भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।

प्रतिकृया