• १८ भदौ २०८३, बिहीबार
  • १ः०४ दिउँसो

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेशप्रसाद प्रधान निर्वाचित

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार ०५:१६

असोज २६, २०८० काठमाडौँ: नेपाल औषधि उत्पादक संघको राजधानीमा सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । अर्का प्रतिस्पधी निवर्तमान महासचिव विप्लव अधिकारीलाई १९ मतले पराजित गर्दै प्रधान निर्वाचित भएका हुन् । शुक्रवार सम्पन्न मतदानमा ५३ जना प्रतिनिधिले मतदान गरेका थिए । जसमा ४८ मत सदर भएको छ । जसमा प्रधानले ३७ मत र अधिकारीले १७ मत प्राप्त गरेका छन् ।


यसअघि वरिष्ठ उपाध्यक्ष रहेका प्रधान ओम्निका ल्याव्रोटोरिजका अध्यक्ष हुन् । यसअघि पटकपटक संघको सदस्य र पदाधिकारी रहेका प्रधानले अध्यक्षमा बाजी मारेका हुन् । अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरिएपनि अध्यक्षका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको हो ।

Kamana Sewa

सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७, निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वि राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचि भएका छन् । दीपक कुमार तिव्डेवालले ३८ मत पाएर निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा प्रतिस्पर्धा गरेका ईश्वरकुमार भण्डारी र सजलराज रेग्मी भने पराजित भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया