• १०:५९ २०८१ बैशाख ४ गते
  • 10:59 am

जोर्डनले गाजापट्टीमा राहत विमान पठायो

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार ११:०६

jordan

असोज २६, २०८० काठमाडौँ: जोर्डनले बिहीबार गाजापट्टीमा अत्यावश्यक चिकित्सा सामग्री र मानवीय सहायतासहितको विमान पठाएको छ । इजिप्टका अधिकारीसँगको समन्वयपछि विमान पठाइएको हो ।


रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण गराइएको थियो । यो सहायता गाजापट्टीमा जारी द्वन्द्वबीच चिकित्सा उपचार सुनिश्चित गर्न पठाइएको हो ।


इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेका छन् । बिहीबारसम्म मृतकको संख्या दुई हजार ६०० भन्दा बढी छ ।

प्रतिकृया