• ०६:१८ २०८१ बैशाख ७ गते
  • 6:18 am

देव खनालको शतकमा नेपालले इरानलाई दियो ३ सय ५४ रनको विशाल लक्ष्य

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ११:५०

iran

असोज २५, २०८० काठमाडौँ: एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर एक बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो । नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे । उनले ६० बलमा शतक हाने ।


यस्तै, दीपकप्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रन बनाए । यस्तै दिपेश कँडेलले २९ र दीपेश धामीले २३ रन बनाए । इरानका सलमान नइजमद र दद्राहम रइसीले ३/३ विकेट लिए ।


प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।


भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् । समूह ‘ए’ मा–नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा– यूएई, ओमान, कतार र चीन रहेका छन् ।

प्रतिकृया