भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते
प्रकाशित मिति
२०८० आश्विन २५ गते, बिहीबार ११:०३
असोज २५, २०८० काठमाडौँ: भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।
यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।
सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्याइएको थियो ।
Related
Recent News
- प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
- रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
प्रतिकृया