• 8:03 am

दशैं धमाला सेल कात्तिकसम्म

प्रकाशित मिति

२०८० आश्विन १९ गते, शुक्रबार ०१:५१

असोज १९, २०८० काठमाडौँ: केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने भएको छ । दशैंलाई लक्षित गरेर सार्वजनीक गरिएको अफर कात्तिकसम्म चल्ने भएको हो । निशुल्क फ्लाइ, ट्राभल र राइडको अफर रहेको दशैं धमाका सेल सर्वसाधारणको माग अनुसार कात्तिकसम्म सारिएको हो । विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


दशैंको अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।


केटीएफ सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजारसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निशुल्क टिकेट प्राप्त गर्न सकिने जनाएको छ । यस्तै, ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् । ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।


दशैं अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपालको लोकप्रिय ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा नेपाली र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया