• २३ भदौ २०८३, मंगलबार
  • १०ः२० राती

बुधबार सर्वोच्चको आँगनमा ढलेकी भारतीले पुन: सुरु गरिन् अनशन

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ११:०७

असोज १८, २०८० काठमाडौँ: सर्वोच्च अदालतमा तारिख लिएर फर्किने क्रममा ढलेकी भारती मानन्धर अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसेकी छन्।

National Life

आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चमा रिट निवेदन दिएकी भारती बुधबार रिट फाँटमा पुगेर तारिख लिएपछि फर्किने क्रममा सर्वोच्चको परिसरमा उनी बेहोस् भएर लडेकी थिइन्।


सर्वोच्च परिसरमा ढलेपछि भारतीलाई वीर अस्पताल लगिएकाे थियाे । उनी अस्पतालबाट साढे चार बजे डिस्चार्ज भएकी थिइन्। डिस्चार्ज भएपछि आज बिहानबाट उनी अनशनमा बसेकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । न्याय नपाएसम्म घर नफर्किने अनशनरत भारतीको भनाइ छ।

प्रतिकृया