टर्कीको संसद् भवननजिक आत्मघाती बम विस्फोट

प्रकाशित मिति

२०८० आश्विन १४ गते, आईतवार ०३:४६

turkey

असोज १४, २०८० काठमाडौँ: टर्कीको राजधानी अंकरास्थित संसद् भवननजिक गराइएको आत्मघाती बम विस्फोटमा दुई प्रहरी अधिकारी घाइते भएका छन् ।


टर्कीका गृहमन्त्री अली येर्लिकायाले मन्त्रालय भवनअगाडि गराइएको विस्फोटका निम्ति दुई आक्रमणकारी जिम्मेवार रहेका बताएका छन् । आक्रमणकारीमध्ये एकले आफैँलाई विस्फोट गराएको र अर्कोलाई ‘निष्क्रिय’ पारिएको गृहमन्त्री येर्लिकायाले बताए ।


संसद् भवननजिकै रहेको गृह मन्त्रालय भवन वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । अलजजिराबाट ।

प्रतिकृया