• २२ भदौ २०८३, सोमबार
  • ९ः२४ राती

२१ ओटा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरी द्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०८० आश्विन १२ गते, शुक्रबार ०२:५९

असोज १२, २०८० काठमाडौँ: विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमका बिच प्रहरी नायब उपरीक्षक रविन कार्कीले १४ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर धनीलाई हस्तान्तरण गर्नु भएको हो ।

National Life

योसँगै चालु आर्थिक वर्षमा १ सय ११ ओटा दुई पाङ्ग्रे सवारी साधन धनिलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनु भएको छ । उक्त सवारी साधनहरू खोजतलासको क्रममा काठमाडौँ उपत्यकाका धर्मस्थली, नेपालटार, बालाजु , नयाँबसपार्क, सोह्रखुट्टे, सुकेधरा, बौद्ध, जम्बुडाँडा, सातदोबाटो ,अनामनगर, कालिमाटी, थापाथली, थानकोट, ठिमी लागायतका स्थानमा ट्राफिक प्रहरीले फेला पारेको थियो ।


यस आर्थिक वर्षमै ७ ओटा चोरीका मोटरसाइकल सहित ८ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नु भएको छ ।


सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया