• २२ भदौ २०८३, सोमबार
  • ११ः३० राती

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : कावा अध्यक्ष सिंह

प्रकाशित मिति

२०८० आश्विन १२ गते, शुक्रबार १२:५०

असोज १२, २०८० हाङझाउ, चीन : एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राज रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तन्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण दस्तावेज हुने बताए । यहाँस्थित ओलम्पिक स्पोर्टस् सेन्टरमा बिहीबार ‘नेपाली खेलकुदको वृत्तन्त’ पुस्तकका लेखक एवम खेल पत्रुकार नविन अर्यालसितको भेटघाटमा उहाँले एसियाली खेलकुदको नालीबेली समेटिएको सो पुस्तक विश्व खेलकुदका लागि ‘माइलस्टन’ हुने बताए ।

National Life

पुस्तक नेपाली खेलकुदका लागि मात्र नभएर अन्तर्राष्ट्रिय खेलकुदका लागि समेत महत्वपूर्ण खुराक भएको उनको भनाइ थियो । ‘नेपाली खेलकुदको वृत्तन्त’मा आफ्नो ठूलो बुवा यजविन्दरको हस्ताक्षरसहित सन् १९५१ मा भारतमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि कावा अध्यक्ष सिंहले आयोजक चीनका खेल पदाधिकारीसित सो बारे चर्चा गरेका थिए ।


चनिको हाङझाउस्थित ओलम्पिक स्पोर्टस् सेन्टरको संग्रहालयमा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदका धेरैजसो दस्तावेज नभएकाले ‘नेपाली खेलकुदको वृत्तन्त’ बहुमुल्य दस्तावेज बन्न सक्ने कावा अधयक्ष सिंहले बताए । नेपाली भाषामा लेखिएको सो पुस्तक अनुवाद गराएर भए पनि पढ्ने उनले बताए । कावा अधयक्ष सिंहले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्अध्यक्ष शरदचन्द्र शाह र नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म शमशेर राणासँग आफ्नो आत्मीय सम्बन्ध रहेको खेल पत्रकार अर्याललाई स्मरण गराए ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त पुस्तकमा आफ्नो ठूलो बुवा र बुवाको फोटो देखेपछि उहाँ निकै उत्साहित देखिएका थिए । काव अध्यक्ष सिंहको परिवार सात दशककदेखि विश्व ओलम्पिक र एसियाली खेलकुदमा सक्रिय छ । नेपालमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्न उनको बुवा भलिन्दरको विशेष योगदान रहेको पत्रुकार अर्यालको पुस्तकमा उल्लेख छ ।


कावा अध्यक्ष सिंहले ‘नेपाली खेलकुदको वृत्तन्त’ को प्रसंशा गर्दै आफ्ना ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहले एसियाली खेलकुदमा पुर्याएको योगदान उक्त पुस्तकमा समेटेकामा लेखक अर्याललाई धन्यवाद दिए ।


कावा अध्यक्ष सिंहका साथमा एसियाली ओलम्पिक काउन्सिलका मानार्थ उपाध्यक्ष वे जिझोङ, एसियाली ओलम्पिक काउन्सिलका उपाध्यक्षद्वय सङ लुजेङ र सैयद आरिफ हसनलगायतको उपस्थिति थियो । उनीहरुले पनि सो पुस्तक चासोका साथ हेरेका थिए । पत्रुकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तन्त’ गत असार २६ गते सार्वजनिक गरिएको थियो । ‘नेपाली खेलकुदको वृत्तन्त’ खेलकुदका बारेमा लेखिएको पहिलो नेपाली पुस्तक हो ।

प्रतिकृया