• २४ भदौ २०८३, बुधबार
  • १ः३० राती

आइएमई पेबाट SIP भुक्त्तानीसजिलै गर्न सकिने

प्रकाशित मिति

२०८० आश्विन १२ गते, शुक्रबार १०:४९

असोज १२, २०८० काठमाडौँ: नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो  Systematic Investment Plan (SIP ) को रकम  भुक्तानी गर्न सक्ने भएका छन् । SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ। सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund तथा कुमारी क्यापिटलको Kumari Sunaulo Lagani Yojana को  SIP Installment  तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन्  ।

National Life

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी  लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै  आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मी ले बताएका छन्।

प्रतिकृया