आज सुनको भाउमा गिरावट

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार १२:०८

gold 1 e1654839302113

असोज १०, २०८० काठमाडौँ : आज बुधबार पनि सुन चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, आज तेजावी सुन प्रति तोला ८ रुपैयाँले घटेर १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया