
भक्तपुरमा आउँदो शनिवार मुटु दिवसको अवसरमा पदयात्रा आयोजना हुने
प्रकाशित मिति
२०८० आश्विन १० गते, बुधबार ११:५८

असोज १०, २०८० काठमाडौँ: विश्व मुटु दिवस (सेप्टेम्बेर २९) को अवसर पारेर भक्तपुर जिल्ला अन्तर्गत पर्ने विभिन्न लायन्स क्लबहरुले यही आउँदो शनिबार, मिति २०८० असोज १३ गते, तदनुसार सन् २०२३ सेप्टेम्बर ३० तारिख का दिन विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस मुटुको बारेमा थाहा पाउनुहोस” भन्ने अभियानलाई सफल पार्न तथा नगर भित्र अवस्थित एतिहासिक एंव सांस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण एवं प्रवर्धन गर्ने उद्धेश्यले सम्पदा पदयात्रा ऐतिहासिक सम्पदाको शहर मध्यपूर थिमि भक्तपुरका बिभिन्न सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदा स्थलहरुको अवलोकन गर्न एक बृहत पदयात्राको आयोजना गर्न गइरहेको छ । सो कुरा आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
पदयात्राको शीर्षक “Heritage walk 2023″ (सम्पदा पदयात्रा – २०८०) सम्पदाको शहर, मध्यपुर थिमि, भक्तपुर राखिएको पत्रकार सम्मेलनमा बताइएको थियो ।
पदयात्रा आयोजना हुने मिति २०८० असोज १३ गते रहेको छ भने सो पदयात्रा शंखधर चोक ठिमीबाट बिहान ठीक ६ः३० मा शुरु हुनेछ । यसैगरी पदयात्रा बोडे कुमारी मन्दिरमा विविध सांस्कृतिक कार्यक्रमका साथ समापन हुनेछ ।
पदयात्राको उद्देश्य निम्न बमोजिम रहेका छन् :
क. विश्व मुटु दिवस, २०२३ को नारा “Use Heart, Know Heart” लाई चरितार्थ गर्न र आमसर्वसाधारणमा यस सम्बन्धमा जनचेतना जगाउन यो दिवस मनाउने,
ख. यस संगसंगै, स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने,
ग. सम्पदा अवलोकन गर्ने र यी सम्पदाहरुको संरक्षण एवं प्रवर्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनचेतना फैलाउने,
घ. मध्यपुर नगर क्षेत्रमा मनाइने विभिन्न एतिहासिक तथा सांस्कृतिक जात्रा पर्वहरूको जानकारी गराउने,
ङ. पदयात्राका सहभागीहरुमा आपसी भाइचारा अभिवृद्धि गर्ने ।
यस पदयात्राको उद्घाटन बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका माननीय मन्त्री पुकार महर्जनद्वारा हुनेछ । पदयात्राको क्रममा सांस्कृतिक झाँकी तथा नृत्य पनि प्रदर्शन गरिनेछ भने नेवारी भोजन सहित कार्यक्रमको समापन गरिने पनि पत्रकार सम्मेलनमा बताइएको थियो ।
पदयात्राको मुल आयोजक समितिमाLion International MD 325 Chief and Charter President of Lion Club of Bhaktapur Marigold– Lion Uddhab Silwal, MJF को संयोजकत्वमा पाँचवटै क्लबका अध्यक्षहरू, Charter अध्यक्षहरू निवर्तमान र पूर्व अध्यक्षहरू, उपाध्यक्षहरू, सचिव र कोषाध्यक्षज्यूहरू संगलग्नता रहेको छ ।
प्रतिकृया