• २१ असोज २०८३, बुधबार
  • ९ः२२ बिहान

नेपाल टेलिकमको टिकटक च्यालेन्ज सञ्चालन

प्रकाशित मिति

२०८० भाद्र २५ गते, सोमबार ०३:४२

भदौ २५, २०८० काठमाडौँ : नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्ट मार्फत उक्त च्यालेन्जमा सहभागीहुन सकिने छ ।

National Life

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज हिजो भाद्र २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ ।


विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकम सँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीजपर्व थप मनोरञ्जक बन्ने टेलिकमको अपेक्षा छ ।

प्रतिकृया