भक्तपुरमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो Blue square शोरुम
प्रकाशित मिति
२०८० भाद्र २५ गते, सोमबार ०१:१९
भदौ २५, २०८० कौशलटार : नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता “ MAW Enterprises Pvt. Ltd” ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । भाद्र २५ गते प्रमुख अतिथि MAW Group of Companies sf Managing Director श्री विष्णु कुमार अग्रवाल साथै Himalaya Roadies Season 5 काे Gang Leader श्रीमती प्रियका कार्की को हातबाट उद्घाटन गरिएको कौशलटार, भक्तपुरमा अवस्थित उक्त शोरुम Two wheeler industry कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।
यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको “Global Motor Sport Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ । Blue Square शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र “Personalized One To One Service” प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै “Digital Technology” मार्फत “QR Code” स्क्यान गरेर Brochure हरु प्राप्त गर्र्न सक्नेछन् ।
स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा “Blue Square” को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।
“हामी कौशलटार , भक्तपुरमा हाम्रो Yamaha Blue Square शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर Accessories र Apparel उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ । यामाहा नेपालका लागी CEO राजु क्षेत्रीले बताउनुभएको छ ।
प्रतिकृया