• २१ असोज २०८३, बुधबार
  • ९ः३७ बिहान

सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्योः सचिव दुवाडी

प्रकाशित मिति

२०८० भाद्र १९ गते, मंगलवार ०४:०३

भदौ १९, २०८० काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका कानुन कार्यान्वयन नभएर सहकारीमा स्वेच्छाचारिता बढेको बताउनुभएको छ ।

National Life

सहकारी पत्रकार समाज आज यहाँ आयोजना गरेको १३औँ स्थापना दिवस कार्यक्रममा उहाँले सहकारी कानुनअनुसार सहकारीले घरजग्गामा लगानी गर्न नपाइने व्यवस्था विपरीत लगानी गरेका सहकारीमा पछिल्लोपटक समस्या आएको सुनाउनुभयो । लगातार एउटै कम्पनीले सहकारीको लेखापरीक्षण गर्न नपाउने कानुन कार्यान्वयनका लागि पनि सहकारी अभियानकर्मी र सञ्चारकर्मीको भूमिका हुने भनाइ पनि सचिव दुवाडीले राख्नुभयो ।


सहकारी कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिन लागिएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो । सो अवसरमा सहकारी सञ्चारका कार्यकारी सम्पादक हीरा बस्नेतलाई सहकारी क्षेत्रमा उत्कृष्ट समाचार प्रकाशन गरेबापत रु २० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । समाजका संस्थापक सदस्य शर्मिला ठकुरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौडेल, सहकारी बैंकका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन खड्का, समाजका संस्थापक अध्यक्ष यादव हुमागाइँ, पूर्वअध्यक्ष डिल्लीप्रसाद सापकोटा र अध्यक्ष काजीबहादुर श्रेष्ठलगायतले सहकारी क्षेत्रलाई नियमन गर्न सरोकार भएका निकायका समन्वयमा काम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिकृया