इटहरीमा ‘विराट सत्संग समारोह-२०८०’आयोजना हुँदै
प्रकाशित मिति
२०८० भाद्र १८ गते, सोमबार ०४:५२

भदौ १८, २०८० काठमाडौँ: नेपाल मानव धर्म सेवा समितिले ‘विराट सत्संग समारोह-२०८०’ आयोजना गर्ने भएको छ । समितिले असोज १९ र २० गतेसम्म दुई दिवसीय विराट सत्संग समारोह आयोजना गर्ने भएको हो । समारोह सुनसरीको इटहरीमा आयोजना हुँदैछ ।
मानव-मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को महान् प्रेरणा जागृत गराउने उद्देश्य राखी आयोजना हुन लागिरहेको ‘विराट सत्संग समारोह-२०८०’ लाई सम्बोधन गर्न परमपूज्य श्री सतपालजी महाराजको दिव्य आगमन हुँदैछ। साथै देश विदेशबाट लाखौँको सङ्ख्यामा भक्तजनहरू आउने समितिले जनाएको छ ।
समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माहरूद्वारा सत्संग प्रवचन एवं विभिन्न ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत एवं सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति समेत रहने छ ।
समितिले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहनेका लागि समारोह एक कोशेढुंगा साबित हुने बताएको छ । साथै विराट सत्संग समारोहमा स-परिवार सहभागी भई भरपुर लाभ तथा पुण्य आर्जन गर्न सबैमा भक्तिमय सादर निमन्त्रणा गरेको छ ।
समारोह इटहरीको डि.भि.एम स्कूल प्राङ्गणमा अपराह्न ४ देखि ८ बजे सम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छा राख्नेले ९८४२६२१४९४, ९८४२८५४२२८, ९८४१४६२५ २५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
‘विज्ञान र प्रविधिको उपलब्धि र उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि त्यसले अनन्त शान्ति र आनन्द प्रदान गर्न सकेको छैन । त्यही आत्मिक शान्ति र आनन्दको अभावमा आजको मानिस आक्रान्त, भयभीत र अधुरो हुन बाध्य छ। विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने, मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजीमा रहनेका लागि समारोह गन्तव्यस्थल बन्ने’ समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिकृया