बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार १०:४६

balen e1684647734787

भदौ १८, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् ।


उनले सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको छ । उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”


बालेनका उक्त धारणापछि उनको चर्को आलोचना भएको थियो । उनकी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए ।

प्रतिकृया