• 9:15 pm

एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

प्रकाशित मिति

२०८० भाद्र १६ गते, शनिबार ०३:१०

भदौ १६, २०८० काठमाडौँ: एसिया कपमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल अहिले केहीबेरमा श्रीलंकाको पाल्लिकेमा शुरु हुँदैछ । भारतले टस जितेको छ । उसले ब्याटिङ रोजेको छ । पाकिस्तानले पहिला बलिङ गर्दैछ ।


भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गर्दैछन् । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो ।


भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ । पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ ।


एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।पाकिस्तानले आज दोस्रो खेल र भारतले पहिलो खेल खेल्न लागेको हो ।


पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ

प्रतिकृया