• 7:05 pm

नेपाली कांग्रेसद्वारा जनै पूर्णिमा र गाइजात्रा पर्वको उपलक्ष्यमा शुभकामना

प्रकाशित मिति

२०८० भाद्र १४ गते, बिहीबार १२:२२

भदौ १४, २०८० काठमाडौँ: नेपाली कांग्रेस र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुरको तर्फबाट जनै पूर्णिमा र गाइजात्राका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।


पूर्व प्रधानमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरु छन् । यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । नेपालीहरुको मौलिक सांस्कृतिक पर्वहरु— जनै पूर्णिमा र गाइजात्रा पर्व पनि महत्वपूर्ण पर्वहरु हुन् ।”


विज्ञप्तिमा अगाडि भनिएको छ, “लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् । सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्र्दै भावी पुस्ताहरुका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो ।”

प्रतिकृया