एसिया कप २०२३ : पाकिस्तानका दुवै ओपनरलाई आउट

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०४:००

371453496 701373355352381 1662518707255058470 n

भदौ १३, २०८० काठमाडौँ: एसिया कप २०२३ अन्तर्गत नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। उनले ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई १४ रन विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका छन्।


यस्तै अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले ६.१ ओभरमा पाँच रनमा रनआउट गरेका छन्। त्यतिबेला पाकिस्तानले २ विकेटको क्षतिमा २५ रन जोडेको थियो।

प्रतिकृया