• 5:18 pm

संसद्‌मा प्रधानमन्त्री- सरकारले चालेका सकारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्कन शुरु गरेको छ (पूर्णपाठ)

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०२:१३

भदौ १२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले चालेका कदमले जनतामा आशा र भरोसा पलाएको दाबी गरेका छन् ।


मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । “सरकारले चालेका कदम र अघि बढाएका कार्यहरूले जनतामा सरकारप्रति आशा र भरोसा बढाउनुका साथै विकासप्रतिको एउटा नयाँ हुटहुटी पैदा गरेको छ,” उनले भनेका छन् ।


उनले थपे, “यस अवधिमा सार्वजनिक सेवा प्रवाहमा जनताले साबिकमा भोग्दै आएका झन्झट र सास्तीलाई उल्लेख्य मात्रामा कमी ल्याउन सफलता मिलेको, विकास निर्माणले गति लिएको र देशमा नयाँ आशा तथा उमङ्‍गको सञ्‍चार भएको छ ।”


उनले अगाडि थपे, “सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन शुरु गरेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारातमक दिशातर्फ उन्मुख छन् । २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अरब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।”


“विदेशी विनिमय संचिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अरब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको छ । विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२२० अरब ५६ करोड पुगेको छ । वैदेशिक लगानी प्रवद्र्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतका कार्य अगाडि बढाइएको छ”, उनले भनेका छन् ।

प्रधानमन्त्रीको-जवाफ-1

प्रतिकृया