अस्पतालमा सेवाग्राहीकाे गुनासाेलाई न्युनिकरण गर्ने मेराे मुख्य कार्य हाे : अध्यक्ष युथ महर्जन
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार ०३:५८
भदौ १०, २०८० काठमाडौँ: टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाल सरकारले प्रदेश सरकार अन्तर्गत जिल्ला अस्पतालको रुपमा अभिवृद्धि गरेपछि पछिल्लाे समय टाेखा चण्डेश्वरी प्रादेशीक अस्पताल निकै चर्चामा आइरहेकाे छ। २०७७ साल देखि प्रदेश सरकार अन्तर्गत यस टोखा चण्डेश्वरी अस्पतालले बिरामीलाई विभिन्न सेवाहरू उपलब्घ गराउदैँ आइरहेकाे हाे। अस्पतालले जनरल ओपिडि देखि लिएर बिशेषज्ञ सेवा दिदैँ आइरहेकाे छ।
केहि दिन अघि सामाजिक संजालमा बिमाकाे औषधि वितरण प्रणाली, अस्पतालकाे फाेहाेर गैर-व्यवस्थापन लगायतका बिषयहरू चर्चामा अइरहेका छन् । यसै बिषयमा मातृभूमि न्यूजका संवाददाताले अस्पतालका अध्यक्ष युथ महर्जनसँग कुराकानी गरेका थिए । युथ महर्जन टोखा चण्डेश्वरी प्रादेशीक अस्पतालकाे व्यवस्थापन समितिका अध्यक्ष हुन । उनले अस्पतालका बारेका धेरै जनगुनासाे आइरहेकाले यसलाई कसरी न्युनिकरण गर्ने भनेर लागि परिरहेकाे बताए ।
उनले भने ‘अस्पतालकाे फाेहाेर व्यवस्थापनमा थाेरै समस्या रहेकाे थियाे, जस्काे लागि अहिल्य टाेखा गंगबु सरसफाइ सेवा प्रालिका अध्यक्ष तथा टाेखा नगरपालिका वडा ३ का वडा सदस्य हरिभक्त श्रेष्ठसंगकाे समन्वयमा आज देखि स्थायी रूपमा फाेहाेर व्यवस्थापन गर्ने सम्झैाता सहित फाेहाेर व्यवस्थापन गरी सकेका छाैं । अस्पतालकाे फाेहाेर अझै व्यवस्थित बनाउन पालले छाेप्ने देखि फाेहाेर छुट्याउने सम्मकाे काम अघि बढिसकेकाे छ । चाँडैनै अस्पतालकाे फाेहाेरहरू अझै दिगो व्यवस्थापन बनाउने छाैं ।’
टाेखा गंगबु सरसफाइ सेवा प्रलिका अध्यक्ष तथा टाेखा नगरपालिका वडा ३ का वडा सदस्य हरिभक्त श्रेष्ठले आगामी दिनमा अस्पतालकाे फाेहाेर आफैले व्यवस्थापन गर्ने प्रतिबद्दता जनाएका छन् ।
नेपाल सरकारले लागू गरेकाे स्वास्थ्य बिमा याेजना अन्तर्गत यस अस्पतालका बिरामीले भाेगेका समस्याकाे बिषयमा उनले भने ‘गत बर्ष अस्पतालले सार्वजनिक खरिद ऐन प्रक्रिया अनुसार खरिद गर्न नसकेर अहिल्यै औषधिकाे अभाव देखिएकाे हाे। पहिला काेटेसनमा काम गर्दा १० देखि २० लाखकाे मात्र औषधि किन्न पाइने मापदण्ड छ । यसरी गर्दा औषधिकाे समस्या देखियाे, त्यसैले अब टेण्डर प्रक्रियामा गैसके पछि एक बर्षलाई कुनै औषधिकाे अभाव हुँदैन। अब आ.ब २०८०/०८१ मा अस्पतालका तर्फबाट टेण्डर प्रक्रियाबाटै औषधि खरिद गर्ने निर्णय गरेका छाै । अब त्याे निर्णयलाई कार्यान्वयन गरेर सार्वजनिक खरिद ऐन प्रक्रियाबाट नै टेण्डरमा गैइसके पछि कुनै औषधिकाे अभाव वा समस्या हुने छैन ।’
हालसालै तत्कालका लागि काेटेसनबाटै नभएका औषधिहरू केहि ३०-३५ प्रतिशत खरिद गरि सकेकाे र केही दिन भित्र पन्द्र देखि विस लाख सम्मकाे औषधि तत्कालै किनेर दुइ महिना भित्र सेवाग्राहीलाई पुग्ने मात्रामा खरिद गर्ने बताए । यसरी गर्दै जाँदा आगामी दिनमा औषधिलाई लिएर कुनै समस्या नपर्ने उनले बताए ।
अस्पतालका अध्यक्ष युथ महर्जनले आफ्नाे मुख्य काम भनेकाे जनताबाट आएकाे गुनासाेहरूलाई कसरी समाधान गर्ने भन्ने रहेकाे बताए । उनले अस्पतालमा रहेका सेवा सुविधाहरूलाई प्रवर्धन गर्दै लैजाने र बिरामीलाई कुनै समस्या पर्न नदिने प्रतिबद्दता व्यक्त गरे । उनले अस्तापलका सबै विभाग र कर्मचारीहरूलाई यहि अनुरूपकाे निर्देशन दिएकाे बताए । अस्पतालकाे व्यवस्थापन समितिले गरेका सबै निर्णयलाई कार्यान्वयनमा ल्याउन आफु लागि परेकाे पनि बताए ।
प्रतिकृया