• 4:16 pm

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोटको अध्ययन अवलोकनमा पुगिन् सांसद भगवती चौधरी

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०४:००

भदौ १०, २०८० काठमाडौँ: नेकपा एमालेकी सांसद भगबती चौधरी एसियाकै ज्योती भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्थलगत निरीक्षण र अध्ययनमा पुगेकी छन् । शुक्रबार पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।


सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य अगाडी बढाई रहेकी चौधरीले निटक भविष्यमा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकमा कसरी भगवान गौतम बुद्धको ऐतिहासिकता, धार्मिकतालाई समावेश गर्न सकिन्छ भनेर लुम्बिनी र तिलौराकोटको भ्रमण गरेकी हुन् ।


सो अवसरमा सांसद चौधरीले भगवान गौतम बुद्धको जन्मस्थलबाट नेपाललाई धार्मिक पर्यटकीय मुलुक बनाउँदै विश्वभरबाट पर्यटन भित्र्याएर देश विकास गर्न सकिने पनि बताइन् । तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्र अवलोकन गर्दै लुम्बिनी विकास कोषले दरबारको संरक्षण, उत्खनन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन् ।


भ्रमणमा लुम्बिनी विकास कोषका सदस्य मेखबहादुर बुढाथोकीले सहजीकरण गरेका थिए । उनले लुम्बिनीको धार्मिक, ऐतिहासिक, सांस्कृतिक पक्षलाई संरक्षण गर्न राज्यले विशेष गुरुयोजना बनाउनु पर्ने, पर्यटन प्रवद्र्धनका स्थानीयलाई समेटेर अगाडी बढ्नु पर्ने बताए ।


भ्रमणमा चौधरीले लुम्बिनी बृहत्तर विकास क्षेत्रका मोनास्टिक, सम्राट अशोकको स्तम्भ, तिलौराकोटको संरक्षित दरबार क्षेत्र, जोडी स्तुप, ऐतिहासिक जगदिशपुर ताल लगायतका क्षेत्रहरुको अवलोकन गरेकी थिइन् ।

प्रतिकृया