सामसङको ग्यालेक्सी जेडफ्लिप र जेडफोल्ड ५ सार्वजनिक

प्रकाशित मिति

२०८० भाद्र १ गते, शुक्रबार ०२:१२

भदौ १, २०८० काठमाडौँ: ग्यालेक्सी सामसङ नेपालले काठमांडौमा साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गर्दै ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ लाई सार्वजनिक गरेको छ । उक्त रिटेलर मिट कार्यक्रममा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जनाभन्दा बढी व्यापारी साझेदारहरुले उपस्थित थिए ।


भर्खरै मात्र बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भ्यूइङ र सेल्फी रहेका छन् ।


दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ ।


ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु– मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ ।

प्रतिकृया