सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
प्रकाशित मिति
२०८० भाद्र १ गते, शुक्रबार १०:५७

१ भदौ २०८० काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट गएराति पक्राउ परेको उनीहरुको परिचय खलाइएको छैन ।
सुन तस्करी अनुसन्धानका क्रममा पछिल्लो समय सीआईबीले धमाधम चिनियाँ नागरिकलाई पक्राउ गरिरहेको छ । राजश्व अनुसन्धान विभागले साउन ३ गते भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
ब्रेक शुबाट छुट्याएर जोख्दा सुनको तौल करिब ६० किलो भएको थियो ।
प्रतिकृया