• 10:21 pm

पश्चिम अफ्रिकामा डुंगा पल्टिँदा ६० जनाको मृत्यु भएको आशंका

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार १०:४५

३२ श्रावण २०८०, काठमाडौँ :  पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ ।


उक्त डुंगामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए ।


यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन । प्रहरीले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार जहाज पहिलोपटक सोमबार देखिएको थियो। प्रारम्भिक रिपोर्टहरूले डुंगा डुबेको देखाएका छन् । सेनेगलको विदेश मन्त्रालयले मङ्गलबार ढिला जारी गरेको विज्ञप्तिमा उक्त डुंगा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ ।

प्रतिकृया