• 1:31 pm

सुन तस्करी प्रकरण: थप चार जना चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ०४:५२

३१ श्रावण २०८०, काठमाडौँ: सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायत जानकारी दिए ।

प्रहरीले चिनियाँ नागरिकहरू तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ गरेको डीआईजी कठायतले बताए । उनीहरूलाई राजश्व छलि तथा संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको छ ।

यसअघि सीआईबीले मंगलबार ३० लाख रुपैयाँसहित चिनियाँ नागरिकहरू जोङ छ्याङ, झाओ हुई र ताङ जिङलाई पक्राउ गरेको थियो । गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

तर, उक्त सुन गालेर जोख्दा ६० किलो मात्रै भएको खुलेको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म २६ जना पक्राउ परेका छन् ।

प्रतिकृया