चितवनमा आठवटा सवारीसाधन एकै ठाउँमा दुर्घटनाः २० जना घाइते, सात गम्भीर
प्रकाशित मिति
२०८० श्रावण ३१ गते, बुधबार ०४:०६
३१ श्रावण २०८०, काठमाडौँ: भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठवटा सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।
सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बाप्र०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सम्पूर्ण सवारीसाधन एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।








प्रतिकृया