• २१ असोज २०८३, बुधबार
  • १०ः०१ बिहान

आजैदेखि लागु हुने गरी सार्वजनिक सवारीको भाडादर बढ्यो

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ०२:३८

३१ श्रावण २०८०, काठमाडौँ:  अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढेको छ। यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडादर समायोजन गरेको हो।

National Life

विभागले अन्तर प्रदेशमा संचालन हुने यात्रुवाहक सवारीको भाडादर ४.७० प्रतिशत बढाएको छ। यस्तै विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.१५ प्रतिशत भाडादर बढाएको छ।


यसैगरी तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.८३ प्रतिशतसम्म भाडा दर बढाइएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ। त्यही व्यवस्था अनुसार विभागले भाडादर बढाएको हो।


यो बढाइएको भाडादर अन्तर प्रदेश रुटमा मात्र लागु हुनेछ। प्रदेशहरुको हकमा भने प्रदेश सरकार आफृले भाडादर तोक्न पाउने छन्।

प्रतिकृया