• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

महालक्ष्मी विकास बैंकलाई ‘एल एण्ड डी एक्सेलेन्स अवार्ड’

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार १२:१८

३१ श्रावण २०८०, काठमाडौँ:  महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सेलेन्स अवार्ड २०२३’ बाट पुरस्कृत भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन)ले प्रदान गर्ने उक्त अवार्डबाट बैंक गोल्ड श्रेणीअन्तर्गत पुरस्कृत भएको हो । कर्मचारीलाई उत्कृष्ट, गुणस्तरीय र धेरै संख्यामा तालीम उपलब्ध गराएबापत उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।

National Life

बीएफआईएनले सोमवार आयोजित ‘लिडर्स फर द नेक्स्ट जेनेरेसन : एक्स्पेक्ट द अनएक्स्पेक्टेड’ कन्फरेन्समा बैैंकलाई उक्त पुरस्कार प्रदान गरेको थियो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकका मानव संसाधन विभाग प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिकृया