मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार १२:१४

ipo

३१ श्रावण २०८०, काठमाडौँ:  मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन दिन चाहनेले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउँछन् ।

कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरेको थियो । स्थानीयले नकिनेको ६ लाख १६ हजार ६२० कित्ता सेयर थपेर २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म सेयरमा आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

प्रतिकृया