३० भदौमा अमेरिका जाँदै प्रधानमन्त्री प्रचण्ड
प्रकाशित मिति
२०८० श्रावण ३० गते, मंगलवार ०५:४८

३० श्रावण २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा जाने भएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू अमेरिका भ्रमणमा जान लागेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि बताए । अमेरिका भ्रमण सकिएपछि उतैबाट प्रधानमन्त्री प्रचण्ड सिधै चीन जानेछन् । प्रधानमन्त्री प्रचण्डलले आफू अमेरिका भ्रमण सकेर उतैबाट असोज ४ मा चीनको बेइजिङ जाने बताए ।
बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय वार्ता हुने पनि उनले बताए ।
प्रतिकृया