• २१ असोज २०८३, बुधबार
  • १०ः०१ बिहान

नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको २६ औं स्थापना दिवस

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ०१:३२

२९ श्रावण २०८०, काठमाडौँ :  नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको २६ औं स्थापना दिवस मनाएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष्ँ बालकृष्ण पात्या श्रेष्ठको प्रमुख आतिथ्यमा उपशाखाको २६ औं स्थापना दिवस महामारी रुपमा फैलिएको डेंगु रोग सम्बन्धी ब्रसर तथा पर्चा वितरण गरी जनचेतनात्मक प्रचार अभियान पदयात्रा साथ मनाइयो ।

National Life

उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको उक्त पचारात्मक पदयात्रामा उपशाखाका संस्थापक दुर्गामोहन श्रेष्ठको विशेष उपस्थिति रहेको थियो भने उपशाखाका पूर्व सभापतिहरु रमेश उखा श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, भुवनचरण श्रेष्ठ सहभागिता रहेको थियो । कार्यक्रममा उपसमितिका संयोजकहरु कन्या मन्दिर प्रजापति, लक्ष्मीकेशरी श्रेष्ठ, पुष्परत्न रन्जित, नजरमान श्रेष्ठ, अर्जेन श्रेष्ठलगायत उपसमितिका सदस्यहरु, कार्यसमिति सदस्यहरु र आजीवन सदस्यहरु उपस्थित रहेको उक्त पदयात्रा कार्यक्रम मध्यपुर थिमिको बालकुमारी, निगूपुखू, दिगुटोल, चपाचो, गु“गःचिवाः, बाहाखाबजार, पाचो, भुला“खेल ताहननी, सिवाटोल, दथुटोल, वामुने हु“दै बालकुमारीमै पुगी समापन भएको थियो ।


उपशाखाको स्थापना दिवसकै अवसरमा बालकुमारी मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा महिला–पुरुषले रक्तदान गरेको थिए । उपशाखाका सचिव जीवन श्रेष्ठका अनुसार बेलुका बालकुमारी मन्दिरमा दीप प्रज्वलन गरी २६ औं उपशाखा स्थापना दिवस मनाउने समेत जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया