अवरुद्ध संसद्को सेवा-सुविधा नलिने रास्वपाको घोषणा
प्रकाशित मिति
२०८० श्रावण २६ गते, शुक्रबार ०२:४३

२६ श्रावण २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरुद्ध भएको दिनको संसद्को सेवा-सुविधा नलिने घोषणा गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नाराबाजीका कारण शुक्रबार पनि संसद् अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेलाई भेटेर उनीहरूले सेवा-सुविधा नलिने घोषणा गरेका हुन् ।
उनीहरूले नियमित बैठक बसाउन पहल गर्न सभामुखलाई आग्रह गरेका छन् भने दलहरूलाई संयमित बनिदिन आग्रह गरेका छन् । सभापति रवि लामिछानेको नेतृत्वमा सभामुखको कार्यकक्ष पुगेको रास्वपा टोलीले सानोतिनो निहुँमा संसद् अवरुद्ध हुन दुखद् भएको बताएको छ ।
एमालेले साउन १० गतेयता संसद् अवरुद्ध गर्दै आएको छ । उसले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ भने सत्तपक्ष त्यसमा सहमत छैन ।
प्रतिकृया