अवरुद्ध सदन खुलाउन राष्ट्रपतिको चासो, सभामुखलाई भेट्दै
प्रकाशित मिति
२०८० श्रावण २६ गते, शुक्रबार १०:२०

२६ श्रावण २०८०, काठमाडौँ: सदन अवरोधका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेसँग भेट्ने भएका छन् । शीतलनिवासमा बिहान पौने १० मा भेटघाट तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
निरन्तर सदन अवरोधप्रति चासो राख्दै राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।
आज पनि दिउँसो १ बजे संसद बैठक बोलाइएको छ ।
प्रतिकृया