• 9:05 am

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार ०२:०७

२१ श्रावण २०८०, काठमाडौँ:  नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिईएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए । उनको अनुसार उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ ।

यस्तै, पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ भने सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।

प्रतिकृया