‘ब्ल्याक सी’मा अमेरिकी ड्रोन खसालेको रुसको दावी

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार ११:१०

russia

२१ श्रावण २०८०, काठमाडौँ: ‘ब्ल्याक सी’मा अमेरिकी ‘रिपर एमक्यू-९’ सैन्य ड्रोनले ‘रुसी राज्यको सीमा प्रवेश गर्न नदिन’ सुखोइ-३० लडाकु विमानको प्रयोग गरिएको र अमेरिकी ड्रोनलाई खसालेको रुसले शनिबार जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘रुसी लडाकु विमान नजिक आइपुग्दा ‘विदेशी जासुसी ड्रोन’ले सीमाबाट यु-टर्न लिएको थियो ।’ उक्त ड्रोन अमेरिकी वायु सेनाको भएको मन्त्रालयले जनाएको छ । ’रुसी विमान सकुशल आफ्नो एयरबेसमा फर्किएको छ, सीमाको कुनै उल्लंघन भएको छैन’, विज्ञप्तिमा भनिएको छ ।

मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई अघि बढाइरहँदा हालैका महिनाहरूमा ‘ब्ल्याक सी’मा र बाल्टिक सागरमा रुसी र पश्चिमी विमानहरूसँग सम्बन्धित घटनाहरू बढेका छन् ।
मार्चको मध्यमा ‘ब्ल्याक सी’मा रुसी लडाकू विमानसँग ठोक्किएर अर्को अमेरिकी रिपर ड्रोन दुर्घटनाग्रस्त भएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको थियो ।

मस्कोले गत मे महिनामा बाल्टिक सागरमाथि चार वटा अमेरिकी रणनीतिक बमवर्षक विमानलाई एक हप्ताको अन्तरालमा दुई छुट्टाछुट्टै घटनामा रोकेको बताएको थियो ।

रुसले फ्रान्सेली, जर्मन, पोलिश र बेलायती विमानलाई पनि रोकेको जनाएको छ ।

प्रतिकृया