• २१ असोज २०८३, बुधबार
  • १०ः२७ बिहान

नेपाली कांग्रेसद्वारा डेंगु नियन्त्रणको लागि सरकारको ध्यानाकर्षण

प्रकाशित मिति

२०८० श्रावण १९ गते, शुक्रबार १०:५४

डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गैसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त विरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन । समाजमा यसको त्रास फैलिएको छ । सो सम्बन्धमा एक विज्ञप्ति प्रकाशित गर्दै विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

National Life

साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न हार्दिक अपिल गर्दै रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न नेपाली कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यहरुलाई नेपाली कांग्रेसले आह्वान गरेको छ ।

महामारीबाट प्रभावितहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेसले कामना गर्दै महामारीबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गरेको आफ्नो विज्ञप्तिमा जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया