• २१ असोज २०८३, बुधबार
  • १०ः२७ बिहान

सन्दीपले आफ्नो जन्मदिनका दिन उत्कृष्ट प्रदर्शन

प्रकाशित मिति

२०८० श्रावण १८ गते, बिहीबार ०८:२५

१८ श्रावण २०८०, काठमाडौँ : क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सनसनीपूर्ण प्रदर्शनमा सुर्रे जगुअर्सले चौथो जित निकाल्दै ‘क्वालिफायर’ मा स्थान बनाएको छ।

National Life

बुधबार सन्दीपले आफ्नो जन्मदिनलाई विशेष बनाउने क्रममा मिसिससौगा प्यान्थर्स विरुद्ध ४ ओभर बलिङ गर्दै ६ रन खर्चिएर ३ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए। उनको उत्कृष्ट प्रदर्शनमा जगुअर्सले ८ विकेटको जित निकाल्यो।


खराब प्रदर्शन गरेको प्यानथर्सका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा १४.३ ओभरमा ५६ रनमा नै समेटिएको थियो। उसका लागि श्रेयस मोभा र निकहिल दतको १० रन दोहोरो स्कोरका रूपमा रह्यो।

Classic Tech Mobile
Classic Tech Desktop

सुर्रेका लागि सन्दीपले आजम खान, टोम कुपर र जाहुर खानको विकेट लिएका थिए। उनीबाहेक म्याथ्यु फोर्ड र इफ्तिखर अहमेदको समान २-२ विकेट रहँदा अमर खालिद र आयान खानले समान १-१ विकेट लिए। ५७ रनको लक्ष्य पछ्याएको सुर्रेले ९ ओभरमा नै २ विकेट गुमाएर जित हासिल गर्‍यो।


८ विकेटको प्रभावशाली जित निकाल्ने क्रममा ओपनर मोम्मद ह्यारीसले ३७ रनको अविजित इनिङ खेल्दा लिटन दासले १० रन तथा कप्तान इफ्तिखर अह्मेदले ८ रनको अविजित इनिङ खेलेका थिए। जितसँगै जगुअर्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल भयो।

प्रतिकृया