• २१ असोज २०८३, बुधबार
  • १०ः४८ बिहान

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगे

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ११:२६

१५ श्रावण २०८०, काठमाडौँ: पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगरेका छन् । सोमबार बिहान प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा पुगेर आज प्रमुख प्रतिपक्षी दल‍ एमालेका अध्यक्ष ओलीले भेटवार्ता गरेको स्रोतले जानकारी दिएको छ।

National Life

स्रोतका अनुसार उनीहरूबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको हो। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यसबारे प्रस्ट्याएको छैन । भेटमा यी दुईबीच प्रधानमन्त्रीले आज बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भयो ।


विमानस्थलमा सय केजी सुन तस्करी प्रकरणको विषयलाई लिएर एमालेले निरन्तर रुपमा संसद अवरोध गरेको छ। यस प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ ।

प्रतिकृया