• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

प्रकाशित मिति

२०८० श्रावण १३ गते, शनिबार ०३:५७

१३ श्रावण २०८०, काठमाडौँ : डिशहोम प्रा.लि.को फाइबर नेट प्रयोगकर्ता ग्राहकको संख्या तीन लाख नाघेको छ। फाइबर नेटवर्क मार्फत् सस्तो इन्टरनेट सेवा उपलब्ध गराइरहेको आइएमई समूह अन्तर्गतको यो इन्टरनेट सेवा प्रदायकले सेवाप्रति विश्वास र कम्पनी प्रति वफादारीताका लागि आफ्नो ग्राहक वर्गमा कृतज्ञता व्यक्त गरेको छ।

National Life

गत चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्क प्रालिको। फाइबर नेटवर्क इन्टरनेट ग्राहक संख्या २ लाख ४० हजार ६६८ रहेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आव २०७९/८० चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्कको बजार हिस्सा ९.२ प्रतिशत रहेको थियो।


आउँदो समयमा ग्राहक संख्या विस्तार संगै अझै धेरै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने डिशहोमले प्रण गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया