• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

नेपालीले वर्ष दिनमा खाए एक अर्ब ११ करोडभन्दा बढीको काजु र बदाम

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ०५:५४

१२ श्रावण २०८०, काठमाडौँ: पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट एक अर्ब ११ करोड ६१ लाख १९ हजार रुपैयाँको काजु र बदाम आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ४५ हजार ८९८ केजी काजु र बदाम नेपाल भित्रिएको हो ।


२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा ५६ करोड ७ लाख ४१ हजार रुपैयाँको आठ लाख ५७ हजार ६२७ केजी काजु र ५५ करोड ५३ लाख ७८ हजार रुपैयाँको सात लाख ८८ हजार २७१ केजी बदाम नेपाल भित्रिएको छ ।

Kamana Sewa

नेपालले चीन, भारत, मोजाम्बिक, कतार, सिंगापुर, युनाइटेड अरब इमिरेट्स, भेनेजुएला, भियतनाम, बेनिन, नाइजेरिया र अमेरिकाबाट काजु र बदाम आयात गर्ने गरेको छ ।

Classic Tech Desktop

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट दुई अर्ब एक करोड ४४ लाख दुई हजार रुपैयाँको २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम आयात गरेको थियो ।

प्रतिकृया